मंगन: उत्तर सिक्किम अन्तर्गत चुङथाङ खण्डको खण्ड अनि ग्रामिण स्तरीय बाल कल्याण एवं सुरक्षा समितिहरू पुनः स्थापना गरिएका छन्। समितिमा नयाँ पञ्चायत सभापति र पिपनहरूलाई अध्यक्ष चयनित गरिएका छन्।
कार्यक्रमको आयोजना जिल्ला बाल सुरक्षा एकाई, उत्तरद्वारा एसआईआरडी र बीडीओ, चुङथाङको संयुक्त तत्वावधानमा गरिएको थियो। कार्यक्रममा उत्तर जिल्लाकी डीसीपीओ वेन्डी लेप्चाले जीपीयू र जुम्साहरूमा यस्ता समितिहरूको उद्देश्यमाथि प्रकाश पारिन्। उनले यी समितिहरूको माध्यमद्वारा जिल्लामा बाल शोषण रोकथाम गर्नु र बाल सुरक्षा तन्त्रलाई बलियो बनाउनु प्रमुख उद्देश्य रहेको बताइन् ।समितिका सदस्यहरूको भूमिका र जिम्मेवारीको बारेमा अवगत गराइयो।









