जकार्ता: भारतको शीर्ष पुरुष युगल जोड़ी सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको इण्डोनेशिया ओपन २०२६ ब्याडमिण्टन टुर्नामेण्टमा अभियान निराशाजनक तरिकाले समाप्त भयो। जकार्तामा जारी यस सुपर १००० टुर्नामेण्टको पहिलो राउण्डमा भारतीय जोड़ी चोटले गर्दा म्याचबाट हट्नु पऱ्यो। मलेशियाका कांग खाई शिंग र आरोन ताईविरुद्ध खेल्ने भारतीय जोड़ी ६-११-ले पछि रहेको समय सात्विकले दाहिने काँधमा यन्त्रणा भएको नालिश गरे अनि म्याच रोकियो। यसरी विश्वको चौथो नम्बरको जोड़ीले यस सीजनमा पहिलोपल्ट चोटले गर्दा म्याच छोड़नु पऱ्यो। भारतीय ब्याडमिण्टन संघ (बीएआई)-ले सात्विकको चोटले पुष्टि गर्दै भनेको छ, भारतीय जोड़ीले सात्विकको चोटले गर्दा पलीट्रन इण्डोनेशिया ओपन २०२६-बाट नाम फिर्ता लिएको छ। यस जोड़ीले अब आउँदो महत्त्वपूर्ण टुर्नामेण्टहरूका तयारीको निम्ति रिकवरी र पुनर्वासमा ध्यान दिनेछ। हामी सात्विक चाँड़ै स्वस्थ हुने कामना गर्दछौं अनि उनलाई चाँँड़ै कोर्टमा देख्ने आशा गर्दछौं। सात्विक र चिरागको जोड़ी इण्डोनेशिया ओपनमा असाधारण फर्मको साथ ओर्लिएको थियो। यस जोड़ीले आइतवार सिंगापुर ओपनमा लगभग २ सालदेखि जारी खिताबी खड़ेरीलाई समाप्त गर्दै ट्रफी जितेको थियो। सात्विक-चिरागको जोड़ी बाहिर भए पनि मिश्रित युगलमा रोहन कपूर र शिवानी रुथविका गड्डेले असाधारण प्रदर्शन गर्दै चाइनीज ताइपेका यांंग पो-हसुयान र हू लिंग फांगको विश्वको २०औं नम्बरको जोड़ीलाई २१-१४, २१-१४-ले पराजित गरी दोस्रो राउण्डमा स्थान बनाए। महिला एकलमा पीभी सिन्धू दोस्रो राउण्डमा पुग्ने भारतकी एकमात्र खेलाड़ी हुन्।









