साहुकी छोरी’ गीतको भिडियो सार्वजनिक (हेर्नुहोस भिडियो)

00-1-A-photo-1

टीआरआई समाचार  

काठमाडौं: गायक ईश्वर पोखरेल र गायिका रचना रिमालको स्वरमा रहेको गीत ‘साहुकी छोरी’को भिडियो सार्वजनिक भएको छ। गुल्मीको रुपाकोटमा जन्मी बुटवलको मणिग्राममा स्थायी बसोबास गरी २००९ देखि अस्ट्रेलियाको सिड्नीमा बस्दै आएका गायक पोखरेलको काली मोरी २ एल्बममा समावेश गीत साहुकी छोरी आज सार्वजनिक भएको हो। विदेशमै रहे पनि गीत सङ्गीतमा निरन्तर सक्रिय हुँदै आएका गायक पोखरेलले पहिलो औपचारिक गीत २००१ मा जानु पर्‍यो नि म त लाहुर बाट शुरुवात गरेका थिए। उनका करिब २ दर्जन भन्दा बढी गीत रेकर्ड भइसकेका छन्। विगतमा गरेका २ सोलो एल्बम ‘शीतल’, ‘अराइज’ हो भने अस्ट्रेलियाबाट सामूहिक गीति एल्बम ‘उडान’ पनि २ वर्ष अगाडि  रिलिज गरेका थिए।

पोखरेलका दर्शक श्रोताले मन पराएका रातो रिबन, काली मोरी, तिमी छैनौ त छैन शीतल, मैले झैँ मर्ने बारे सोध्छौ होला, कति बज्यो भनेर सोधम कि लगायत गीतहरू हुन्। उनले अस्ट्रेलियामा हुने सांगीतिक कार्यक्रममा प्रस्तुतसँगै विभिन्न सांगीतिक कार्यक्रमको आयोजना पनि गदै आइरहेका छन्। उनले गाएका पछिल्ला आफ्ना गीत सङ्गीतहरु आफ्नै युट्युब च्यानलबाट रिलिज गरिरहेका छन्। ‘साहुकी छोरी’ गीतमा शिव पलान अधिकारीको शब्द, एस डी योगीको सङ्गीत, रिकेश गुरुङको एरेन्ज रहेको छ। भिडियोमा कमल सिंह, ललना चिमरिया र प्रकाश घिमिरे फिचर्ड छन्। मौसम हिमालीको निर्देशन र कोरियोग्राफी रहेको भिडियोमा नवीन घर्ती मगरको सम्पादन, बुद्ध थापाको छायाङ्कन छ।

About Author

Advertisement