साहित्यकार सञ्जय बिष्ट पितृ शोकमा

IMG-20240203-WA0191

सिलगढी: साहित्यकार सञ्जय बिष्ट पितृ शोकमा परेका छन्। मङपू लाब्दा बस्ती निवासी सञ्जय बिष्टको पिता डी. आर छेत्रीको आज बिहान १० बजे दार्जीलिङको एक अस्पतालमा निधन भएको समाचार प्राप्त  भएको छ। स्व: डी.आर.छेत्री (बिष्ट) लाब्दा खास जुनियर बेसिक स्कुलका पुर्व प्रधानअध्यपक थिए। स्व: डी.आर छेत्री  केही महिनादेखि मधुमेह रोगले ग्रस्त थिए भने आज उनको निधनले समग्र मङपू शोकको लहरमा डुबेको छl  डी.आर छेत्रीले आफ्नो मृत्यु पछि पत्नी पार्वती छेत्री, दुई छोराहरु सञ्जय बिष्ट, अजय बिष्ट  अनि दुई बुहारीहरू दुई नाति एक नातिनी छोडी गएका छन्। उनको पार्थीव शरीर भोलि ४ फरवरीको दिन निजी वासस्थान लाब्दाबस्तीबाट निकालिने पारिवारिक स्रोतले जानकारी दिएका छन्।

About Author

Advertisement