साहित्यकार गुप्त प्रधान पञ्चतत्वमा विलिन

IMG-20221013-WA0231.jpg

दार्जिलिङ: साहित्यकार गुप्त प्रधान पञ्चतत्वमा विलिन भए। भारतीय नेपाली साहित्यको वरिष्ठ साहित्यकार गुप्त प्रधानको हिज १२ अक्टोबरको दिन बिहान निधन भएको थियो। उनी गत केही समय अघिदेखि विरामी थिए। भारतीय नेपाली साहित्यमा आफ्नो अहम् योगदान पुर्याउँदै आउने वरिष्ठ साहित्यकार गुप्त प्रधानको पार्थिव शरीर अाज बिहान १०:३० बजे उनको दार्जिलिङको डा जाकिर हुसेन रोडस्थित निजी वासस्थानबाट निकालिएपछि दार्जिलिङको चौरास्ता परिसरमा एक घण्टाको निम्ति राखेका थिए। त्यसपछि उनको अन्तिम संस्कार आलुबारी शमशान घाटमा गरिएको छ। अाज सम्पन्न अन्तिम संस्कारको अन्तिम यात्रामा पेमा जिम्बा, दलसिंह अकेला, डा वीणा हाङखिम, माेनिका मुखिया, डा जीवन नामदुङ, नन्द हाङखिम, रामकृष्ण शर्मा, सीके राई, उमेश छेत्री लगायत उपस्थित रहेका थिए। वरिष्ठ साहित्यकार गुप्त प्रधानको निधनमा साहित्यकारहरूले उपस्थित भएर श्रध्दाञ्जली अर्पण गरेका थिए।

About Author

Advertisement