साहित्यकार असीत राईको सालिग राख्ने ठाउँ निर्माणको लागि खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्रीलाई ज्ञापन

IMG-20260121-WA0108

खरसाङ: भारतीय नेपाली साहित्यको पहिलो फेलो साहित्यकार असीत राईको सालिग निर्माणको लागि स्थान बनाउन असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टिको कार्यकारी समितिले खरसाङ खण्ड पञ्चायत समितिकी सभापति अनु छेत्रीलाई भेट गरेर ज्ञापन पत्र बुझाएका छन्। साहित्यकार असीत राईको सालिग उनको गाउँ महानदीमा स्थापना गरिने भएको छ। यसको लागि मूर्तिकार अमीर सुन्दासले सालिग बनाईरहेका छन्। उक्त सालिग राख्ने ठाउँमा वरिपरि बारबेर गरेर राख्नु पर्ने र सालिग राख्ने ठाउँमा केही स्थान बनाई दिने अनुरोध गर्दै असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टिको तर्फबाट खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्रीलाई ज्ञापन दिइएको छ।‌ उक्त अनुरोधलाई पञ्चायत समिति सभापति अनु छेत्रीले सहयोग आश्वासन दिएकी छन्। उनले चाढै नै सालिग राख्ने स्थान बनाउन र काम गर्नलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छन्।‌ यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टिको सभापति शेखरचन्द्र प्रधानले साहित्यकार असीत राईको सालिग महानदीमा स्थापना गर्नलाई कार्य भईरहेको र यसको लागि सालिग निर्माण भईरहेको र सालिग राख्ने ठाउँ निर्माणको लागि खरसाङ पञ्चायत समितिको सभापति अनु छेत्रीलाई ज्ञापन दिइएको जानकारी गराएका छन्। उनले बताए अनुसार साहित्यकार असीत राईको सालिग जीटीए प्रमुख अनित थापाको सहयोगमा निर्माण भईरहेको र सालिगको निर्माण कार्य चलिरहेको बताएका छन्।‌ उल्लेखनीय छ, भारतीय नेपाली साहित्यको पहिलो फेलो साहित्यकार एवं साहित्य अकादमी पुरस्कारले पुरस्कृत साहित्यकार असीत राईको सालिग महानदीमा स्थापना गरिने भएको छ र यसको लागि असीत राई स्मृति साहित्यिक संस्था तीनधारे महानदी समष्टि गठन गरेर कार्य भइरहेको छ।

About Author

Advertisement