सामूहिक दुष्कर्मपछि फरार दुई आरोपित पक्राउ

IMG_20220710_185314.jpg

सिलगढ़ी: सिलगढ़ी मेट्रोपोलिटन पुलिसको भक्ति नगर थाना अन्तर्गत ईस्टर्न बाईपास नजिक स्थित एक लजमा एक युवतीसित सामूहिक दुष्कर्मपछि फरार भएका दुई आरोपित तरूण साहा र साधन साहालाई पुलिसले अबेर राति पक्राउ गरेको छ। यस मामिलामा एक आरोपित एमडी बबलूलाई पुलिसले अगावै पक्राउ गरेको थियो।

वस्तुतः ७ जुलाईकाे रात भक्तिनगर थाना अन्तर्गत ईस्टर्न बाईपास स्थित एक लजमा तीन जनामाथि एक २६ वर्षीय युवतीको साथ सामूहिक दुष्कर्म गरेको आरोप लागेको थियो। तीनैले पहिले युवतीलाई नशालु पदार्थको सेवन गराए यसपछि एक-एक गरी सामूहिक दुष्कर्म गरेको आरोप छ। यिनीहरू पछि युवतीलाई लजमा छोड़ेर भागे। जसपछि घटनाको सम्बन्धमा पीड़िताले ८ जुलाईको दिन आशिघर चौकीमा एक लिखित शिकायत दर्ता गराइन्।

शिकायत दर्ता हुनसाथ पुलिसले कारबाही गर्दै घटनामा सामेल तीन आरोपितमध्ये एक आरोपित एमडी बबलूलाई त्यही दिन पक्राउ गऱ्यो। यस अवधिमा दुई आरोपित भागेका थिए। त्यही, पक्रा परेको एमडी बबलूलाई पुलिसले अदालतमा पेश गरी १० दिनको पुलिस रिमाण्डमा लियो। यसपछि जाँचमा जुटेको पुलिसले यस घटनामा फरार दुई आरोपितलाई हिजो राति आशिघर चौकी क्षेत्रबाट पक्राउ गऱ्यो। पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

Advertisement