सान डिएगो ओपनमा केटी बोल्टर च्याम्पियन

IMG-20240304-WA0161.jpg

सान डिएगो: गैरवरीयता प्राप्त केटी बोल्टरले उलटफेरको क्रम जारी राख्दै फाइनलमा युक्रेनकी छैटौं वरीयता प्राप्त मार्ता कोस्त्युकलाई पराजित गरी सान डिएगो ओपन टेनिस टुर्नामेण्टमा महिला एकलको खिताब जितिन्। ईंग्ल्याण्डकी खेलाड़ी बोल्टरले पहिलो सेट गुमाएपछि लड़ाकू प्रदर्शन गर्दै कोस्त्युकलाई ५-७, ६-२, ६-२-ले पराजित गरी आफ्नो करियरमा दोस्रो एकल खिताब जितिन्। ईंग्ल्याण्डकी यस २७ वर्षीय खेलाड़ीले प्रतियोगितामा पाँचजना वरीयताप्राप्त खेलाड़ीलाई पराजित गरी खिताब जितिन्। ट्रफी जितेपछि बोल्टरले भनिन्, म आफ्नो मुस्कानलाई रोक्न चाहदिनँ। मैले आफ्नो करियरमा यसलाई लक्ष्य बनाएकी थिएँ अनि अहिले मैले आफ्नो लक्ष्यलाई हासिल गरेकी छु। अब यस अभियानलाई भविष्यमा पनि जारी राख्न चाहन्छु। मैले यहाँसम्म पुग्न धेरै मेहनत गरेकी छु अनि अहिले सोचेको परिणाम हासिल गर्न सकेर खुशी छु।

About Author

Advertisement