पेरिस: जर्मनीले अन्तर्राष्ट्रिय मैत्री फूटबल म्याचमा फ्रान्सलाई २-०-ले पराजित गऱ्यो। फ्रान्सको ग्रौपामा स्टेडियममा खेलिएको म्याचमा जर्मनीबाट फ्लोरियल विर्ट्जले सातौं सेकेण्डमै गोल गरे। अन्तर्राष्ट्रिय फूटबलमा जर्मनीको तर्फबाट यो अहिलेसम्मको सबैभन्दा तेज गोल हो। म्याचमा ५८ प्रतिशत पोजेशनको साथ खेल्ने जर्मनीको दोस्रो गोल अनुभवी काई हावेर्त्जले ४९औं मिनटमा गरे। यस म्याचको अघिसम्म जर्मनीको तर्फबाट सबैभन्दा तेज गोलको रेकर्ड ९ सेकेण्डको थियो। ल्यूकास पोडोल्स्कीले २०१३-मा इक्वाडोर विरुद्ध ९ सेकेण्डमा गोल गरेका थिए तर फ्लोरियन विर्ट्जले ११ सालपछि त्यस रेकर्डलाई तोड़े। शक्तिशाली फ्रान्स विरुद्ध यस जीतले जर्मनीका म्यानेजर जूलियन नागेल्सम्यानको मनोबल अवश्यै बढ़्नेछ। जर्मनीले यस साल यूरो कपको आयोजन गर्नेछ। यूरो कपको निम्ति अन्तर्राष्ट्रिय सन्न्यासबाट फर्किने अनुभवी टोनी क्रूजले म्याचमा असाधारण प्रदर्शन गरे अनि उनकै पासमा विर्ट्जले सातौं सेकेण्डमा गोल गरे।










