सुपरस्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राख्दै साउदी प्रो लिग फुटबल खेलमा आफ्नो टोली अल नासरका लागि पेनाल्टीमा गोल गरे। उनको टोली अल नासरले अल एत्तिफाकलाई ३-१ ले हराएको थियो। पहिलो हाफको ४३औं मिनेटमा अल नासरको खाता खोल्दै एलेक्स टेल्सले गोल गर्दै टोलीलाई १–० को अग्रता दिलाएका थिए। दोस्रो हाफको ५९ औं मिनेटमा मार्सेलो ब्रोजोभिकले गोल गर्दै अल नासरलाई २–० को अग्रता दिलाएका थिए।
यसैबीच अल नासरले पेनाल्टी पाए र त्यसमा रोनाल्डोले गोल गरे। इत्तिफाकका लागि एक मात्र गोल अल क्वाइकिबीले ८५ औं मिनेटमा गरेका थिए। अमेरिकी फुटबल क्लब इन्टर मियामीले स्ट्राइकर लुइस स्वारेजसँग एक वर्षको सम्झौता गरेको छ। उनी मियामीका सुपरस्टार फरवार्ड मेस्सीसँग साथी हुन् र दुवैले बार्सिलोना क्लबबाट सँगै खेलेका छन्।










