साउथफिल्ड कलेजले प्राप्त गरे ग्रेड ‘ए

IMG-20231013-WA0261.jpg

दार्जिलिङ: दार्जिलिङ पहाडको एक ख्यातिप्राप्त कलेज साउथफिल्ड कलेजले राष्ट्रिय मूल्याङ्कन एवं प्रत्यायन परिषद (न्याक) बाट पहिलो दर्जा (ग्रेड ए) प्राप्त गरेको छ। गत 4 अनि 5 अक्टोबरको दिन कलेजमा न्याक टिमले भ्रमण गरेका थिए भने आज न्याक कार्यालय बङ्लोरबाट साउथफिल्ड कलेजले ग्रेड ‘ए’ प्राप्त भएको पत्र प्राप्त भएको छ। कलेजका प्राचार्य डा. अनुराधा राई साथै संयोजक डा महेश प्रधानले कलेजका सम्पूर्ण परिवार, अभिभावक सङ्घ, भूतपूर्व विद्यार्थी सङ्गठन, सम्पूर्ण छात्रावर्ग सबैलाई कृतज्ञता प्रकट गरेका छन्। साउथफिल्ड कलेज सम्पूर्ण उत्तर बङ्गालकै एकमात्र ‘ए’ ग्रेड प्राप्त सरकारी अनि अर्द्ध सरकारी कलेज बन्न सफल भएका छन्। यस विषयमा एक भिडियो जारी गरेर साउथ फिल्ड कलेजका प्राध्यापक बिनय प्रधान डा दिनेश चन्द्रले जानकारी गराएका छन्।

About Author

Advertisement