मुम्बई: रणबीर कपूर अभिनीत चलचित्र रामायण यस वर्षको सबैभन्दा प्रतिक्षित चलचित्रमध्ये एक हो। चलचित्रको पहिलो भाग दीपावलीको समयमा प्रदर्शन हुने तयारीमा छ।
यस चलचित्रमा भगवान रामको भूमिकामा रणबीर देखिनेछन् भने सीताको भूमिकामा साई पल्लवी देखिनेछिन्। टिजर सार्वजनिक गर्ने कार्यक्रममा रणबीरले भने, “सीताको भूमिकाका लागि साई पल्लवीभन्दा उपयुक्त अरू कोही हुन सक्दैनथ्यो।
उनले साई पल्लवीलाई एक उत्कृष्ट अभिनेत्री भन्दै उनको खुलेर प्रशंसा गरे। चलचित्रको टिजर सबैभन्दा पहिले अमेरिकाको लस एन्जेलसमा सार्वजनिक गरिएको थियो, जहाँ रणबीर कपूर पनि उपस्थित थिए।











