सांस्कृतिक केन्द्र र रिञ्छेन छोलिङ गुरुङ गुम्बाको उदघाटन कार्यक्रमलाई लिएर समन्वय सभा

IMG-20241106-WA0265

गान्तोक: पश्चिम सिक्किमको गेजिङ बर्मेक र रिञ्छेनपोङ समष्टिको सीमा क्षेत्र मेगिडाँडामा निर्मित सांस्कृतिक केन्द्र र रिञ्छेन छोलिङ गुरुङ गुम्बाको विधिपूर्वक उद्घाटन समारोह आगामी २५ नोभेम्बरको दिन सम्पन्न हुने भएको छ। उक्त कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ गोले मुख्य अतिथिको रुपमा उपस्थित रहनेछन्। उद्घाटन कार्यक्रमलाई लिएर आयोजित समन्वय सभामा गुम्बा प्रमुख टुल्कु साङ्गे योङतेन ग्याछो रिम्पोछे, गेमिङ बर्मेक र रिञ्छेनपोङ समष्टिका विधायक लोकनाथ शर्मा र इरुङ तेञ्जिङ लेप्चा, सिक्किम राज्य ब्याङक अध्यक्ष डीबी गुरुङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो।
विधायक लोकनाथ शर्माले सभालाई सम्बोधन गर्दै गुम्बा उद्घाटन समारोह पार्टीगत नभएर अधिकारीक कार्यक्रम रहेको बताए। सम्बन्धित बिभागले जिम्मेवारी लिएर विधिपूर्वक कार्यक्रम सफल बनाउने अनुरोध गरे। कार्यक्रममा गरिनुपर्ने औचित्य र जिम्मेवारीलाई विभाग, गुम्बा प्रबन्धन समिति, पार्टी कार्यकर्ता र शुभचिन्तकगणले खटेर काम गरिदिने आव्हान गरे। सभा सम्बोधनको क्रममा रिञ्छेनपोङ समष्टी विधायक इरुङ तेञ्जिङ लेप्चाले राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ गोलेप्रति आभार व्यक्त गर्दै यस पूर्वाधारले रिञ्छेनपोङ र गेजिङ बर्मेक समष्टी दुवैलाई लाभ हुने बताए।

About Author

Advertisement