सांसद राजु विष्टद्वारा गोजमुमो अध्यक्ष विमल गुरुङसित दार्जिलिङमा भेटघाट

IMG-20240330-WA0309.jpg

गोजमुमोले कसलाई सघाउने भोलि सभापछि निर्णय गर्ने

दार्जीलिङ: सांसद राजु विष्टले आज दार्जिलिङको सिंहमारीस्थित गोर्खा जनमुक्ति मोर्चाको केन्द्रीय कार्यालयको भ्रमण गरी गोजमुमो अध्यक्ष विमल गुरुङसँग आगामी लोकसभा चुनावको लागि सम्भावित गठबन्धनको बारेमा बातचीत र भेटघाट गरेका छन्। आज सांसद राजु विष्ट दार्जीलिङ पहाड़ आएर गोजमुमो अध्यक्ष बिमल गुरुङसित भेटघाट गरेका छन्। गोजमुमो अध्यक्षसितै महासचिव रोशन गिरी र नारी मोर्चा केन्द्रीय अध्यक्षा आशा गुरुङ लगायत अन्य केन्द्रीय पदाधिकारीहरू ति पनि भेटघाट गरेका छन्। आगामी लोकसभा चुनावलाई ध्यानमा राख्दै सांसद राजु विष्टले गोजमुमो अध्यक्ष विमल गुरुङसित भेटघाट गर्नले पहाड़को राजनैतिक स्थितिमा नयाँ मोड़ लिने सम्भावना देखिएको छ। सन् २०१९ को लोकसभा चुनावमा गोजमुमो अध्यक्ष बिमल गुरुङले सहयोग गरेको कारणले नै राजु विष्टले जितेर सांसद बनेको कुरा नकार्न सकिन्दैन। यसपाली पनि त्यही आशा लिएर राजु विष्ट गोजमुमो अध्यक्ष विमल गुरुङसित भेट्न आएको अनुमान लगाइएको छ। त्यहीमाथि पनि यलपालीको लोकसभा चुनावमा गोजमुमोले आफ्नै प्रार्थी दिने कि कसैलाई सपोर्ट गर्ने भन्ने विषयमा लगातार रूपमा पार्टीभित्र चर्चा परिचर्चा भईरहेको छ। सांसद राजु विष्टले भेटघाट गरेपछि गोजमुमोले भोलि सभा बसेर निर्णय लिने भएको जानकारी प्राप्त भएको छ। गोजमुमो अध्यक्ष विमल गुरुङसँगको भेटपछि सांसद राजु विष्टले पत्रकारहरूसँगको कुराकानीमा विमल गुरुङले सांसद चुनावमा उनलाई साथ दिनेमा आफू विश्वस्त रहेको बताए। उनले भावी योजनाका बारेमा छलफल गर्न त्यहाँ आएको र गोजामुमो अध्यक्षसँगको भेट राम्रो भएको बताएका छन्। भेटपछि उनले गोजमुमोको केन्द्रीय समितिको बैठक बस्ने र अध्यक्ष विमल गुरुङले पत्रकार सम्मेलनमार्फत आफ्नो निर्णय घोषणा गर्ने जानकारी दिएका छन्।

त्यसरी नै गोर्खा जनमुक्ति मोर्चाका अध्यक्ष विमल गुरुङले पत्रकार सम्मेलनमा आफू र आफ्नो पार्टीले अन्य उम्मेद्वारलाई समर्थन गर्नेबारे कुनै अठोट निर्णय नलिएको बताए। लामो समयपछि यति धेरै प्रेस मिडियाको उपस्थिति देखेर आफू निकै खुसी भएको बताउँदै उनले पत्रकार सम्मेलनमा उपस्थित भएकामा सबै सञ्चारकर्मीलाई धन्यवाद दिए। उनले भोलि बिहान ९ बजे कोर कमिटीसँग मुख्य बैठक बसेर मात्र अन्तिम निर्णय गरिने बताएका छन्।

About Author

Advertisement