सांसद इन्द्रहाङ सुब्बा र केन्द्रीय राज्यमन्त्री अजय टाम्टाबीच नयाँ दिल्लीमा शिष्टाचार भेटवार्ता

Screenshot_20260610_000822_Chrome

गान्तोक: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बाले आज नयाँ दिल्लीमा केन्द्रीय राज्यमन्त्री अजय टाम्टासँग शिष्टाचार भेटघाट गरेका छन्। भेटका क्रममा सांसद सुब्बाले हालै सिक्किमको भ्रमण गरी राज्यभर सञ्चालनमा रहेका सडक पूर्वाधार परियोजनाहरूको विस्तृत समीक्षा गरेकोमा राज्यमन्त्री टाम्टाप्रति विशेष आभार प्रकट गरे।
​सांसद सुब्बाले सिक्किमको भौगोलिक जटिलतालाई मध्यनजर गर्दै यातायात सञ्जाल सुदृढीकरण तथा सडक पूर्वाधार विकासलाई तीव्रता दिने मन्त्रीको प्रतिबद्धताको उच्च प्रशंसा गरे। उक्त भेटवार्ताले सिक्किममा सडक सञ्जालको स्तरोन्नति, यातायातको सहजता तथा समग्र सिक्किमेली जनताको हितका लागि विकासको गतिलाई अझ तीव्र र प्रभावकारी बनाउने साझा प्रतिबद्धतालाई पुनः पुष्टि गरेको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।

About Author

Advertisement