गान्तोक: सिक्किमका लोकसभा सांसद इन्द्रहाङ सुब्बा ले आज राज्यपाल ओमप्रकाश माथुर सँग लोकभवनमा शिष्टाचार भेटघाट गरेका छन्।
भेटमा सांसद सुब्बाले राज्यमा केन्द्र सरकारले सञ्चालन गरिरहेका सडक तथा रेल कनेक्टिभिटी परियोजनाहरूको प्रगति बारे विस्तृत जानकारी दिएका छन्। उनले उत्तर सिक्किमका राष्ट्रिय राजमार्गसम्बन्धी समस्या तथा त्यस क्षेत्रमा राम्रो र वैकल्पिक यातायात सुविधा आवश्यकतामा जोड दिएका छन्।
त्यसैगरी, सांसद सुब्बाले सिक्किम विधानसभामा लिम्बू–तामाङ सिट आरक्षण र १२ छुटेका समुदाय सम्बन्धी मुद्दा का विषयमा पनि राज्यपाललाई जानकारी गराएका छन्।
राज्यपाल माथुरले सांसदले उठाएका सबै विषयहरू ध्यानपूर्वक सुनेको र ती विषयहरूलाई केन्द्र सरकारमा प्रभावकारी रूपमा प्रस्तुत गर्ने आश्वासन दिएका छन्, जसको जानकारी लोकभवनले आज जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।











