सशस्त्र सीमा बलको आयोजनामा वृक्षारोपण अभियान-२०२४

DSC_4357

गान्तोक: आज (२७ जुलाई) गान्तोक स्थित सशस्त्र सीमा बलको क्षेत्र मुख्यालय ब्रिस्पति परसाई सिनियर सेकेन्डरी स्कूल, रानीपुल र जुनियर हाई स्कूल, तुम्लाबुङ, गान्तोकमा ‘वृक्ष रोपण अभियान-२०२४’ आयोजना गरियो। यसबारेमा सशत्र सीमा बलको मुख्यालय गान्तोकबाट एक प्रेस विज्ञप्ति जारी गरेर ब्जान्कारी दिएको छl

वृक्षारोपण अभियानमा सेक्टर हेड क्वार्टर, गान्तोकका पदाधिकारी तथा कर्मचारीहरुका साथै उपरोक्त विद्यालयका शिक्षक तथा विद्यार्थीहरुको समेत उत्साहका साथ सहभागिता रहेको थियोl रुख संरक्षण र पर्यावरणलाई हरियाली र ताजा बनाउने अभियानको उद्देश्य रहेको थियो। यस वृक्षारोपण अभियानमा विभिन्न स्थानीय रुखका ४ सय ५ बिरुवा रोपियो। यसका साथै विद्यार्थीहरूलाई रुख रोपेर त्यसको रेखदेख गर्न उत्प्रेरित गर्नुका साथै विद्यार्थीहरूलाई लागुऔषधको साइड इफेक्टका बारेमा पनि जानकारी गराइयो। -पीआईबी

About Author

Advertisement