सलेसियन कलेज सोनादामा अन्तर्राष्ट्रिय चिया सम्मेलन

IMG-20260328-WA0083

सोनादा: सलेसियन कलेज सोनादामा दुई दिवसीय अन्तर्राष्ट्रिय चिया सम्मेलन आयोजन गरियो। सलेसियन कलेज सोनादा अनि सिलगढीको आयोजन साथै टी प्रमोटर्स इण्डिया अनि रिम्पोचा टी कर्पोरेसनको सहकार्यमा आयोजित सम्मेलनको विधिवत उदघाटन शुक्रबार गरियो। टी प्रोमोटर्स इण्डियाका अध्यक्ष बिनोद मोहनले अध्यक्षता गरेका समारोहका मुख्य अतिथि बन्धन ग्रुपका संस्थापक अध्यक्ष चन्द्रशेखर घोष उपस्थित थिए। सलेसियन कलेज सोनादाका रेक्टर फादर जोनी नेडन्गटद्वारा स्वागत वक्तव्य राखिएको कार्यक्रमको थालनी कलेजका प्राचार्य फादर डा. बाबू जोसेफले गरेका थिए। कलेजका विद्यार्थीहरुद्वारा सांस्कृतिक नृत्य प्रस्तुतीसँगैको समारोहमा विशिष्ट अतिथिहरु क्रमैले सतीश मित्रुका (सीएलएलका अध्यक्ष तथा नर्बुङ चिया कम्पनीका प्रबन्ध निर्देशक), सुबोदिप रोय (आशा टी कम्पनीका अध्यक्ष), शिवकुमार सारिया (सोनागाची चिया उद्योगका प्रबन्ध निर्देशक), डा. सुबोर्नो बोस (आईआईएचएम, कोलकाताका संस्थापक अध्यक्ष), राजेश ब्यानर्जी (रिम्पोचा टी तथा टी क्लासिक दार्जीलिङ प्राइभेट लिमिटेडका अध्यक्ष) लगायत एकाधिक अन्य अतिथिहरु साथै वक्ताहरु उपस्थित थिए। कलेजका फादर क्लेमेन्ट लाकरा, फादर प्रतिम बारला, प्रा. रागिनी छेत्री, प्रा. मोनोरेश थापा, प्रा. अश्विनी तामाङ अनि प्रा. शारोन लेप्चा, प्रा. निमकित लेप्चा, कौशमभी पराजुली, डा. अनुका गाइरोला, प्रा. टेरेन्स लेप्चा आदिद्वारा सञ्चालित दुइ दिवसीय सम्मेलनमा चिया सम्बन्धित विविध विषयहरुमाथि प्राय: ३४ जना शोधकर्ताहरुद्वारा शोधपत्र प्रस्तुत गरियो। टी प्रोमोटर्स इण्डियाका निर्देशक जीवन प्रकाश गुरुङ अनि सलेसियन कलेज सिलगढीका रेक्टर फादर डा. टोमी अगस्टिनद्वारा धन्यवाद ज्ञापन गरिएको दोस्रो दिनको अन्तिम सत्रअघि चिया विशेषज्ञ तथा ज्ञाताहरुबीच अन्तर्क्रिया कार्यक्रम पनि गरिएको थियो।

About Author

Advertisement