सरस्वती विद्या निकेतन पाचेखानीमा ‘चिल्ड्रेन्स टोइज लाइब्रेरी’ उद्घाटन

n55995019017010164930138b9223e14bca0c4cdb95551f808c50aa13bb1a6112f2c10271142f32728602d8.jpg

गान्तोक: विद्या भारती सिक्किम अन्तर्गत सरस्वती विद्या निकेतन, पाचेखानीमा ‘चिल्ड्रेन्स टोइज लाइब्रेरी’ (बाल-बालिकाहरूको खेलौना पुस्तकालय) उद्घाटन गरिएको छ।

उक्त पुस्तकालय हिजो, शनिवार उद्घाटन गरिएको जानकारी विद्या भारती सिक्किमका संयोजक मोहन शर्माले दिएका छन्।

संयोजक शर्माले जानकारी गराए अनुसार, टोइज फाउण्डेशन अफ् इण्डियाले एनईपी २०२० लाई ध्यानमा राख्दै विद्या भारती अखिल भारतीय शिक्षा संस्थान अन्तर्गत प्रत्येक प्रान्तको एउटा विद्यालयलाई खेल विज्ञानका लागि सामग्रीहरू प्रदान गरेको छ।

यस अन्तर्गत प्रत्येक विद्यालयलाई एक लाख रूपियॉंको लागतमा खेल सामग्री, अलमारी आदि प्रदान गरिएको छ। हिजो देशभरिका चिल्ड्रेन्स टोइज लाइब्रेरीको संयुक्त रूपमा अनलाइन उद्घाटन गरियो। सोही क्रममा सरस्वती विद्या निकेतन, पाचेखानीमा पनि लाइब्रेरीको उद्घाटन गरिएको छ।

चिल्ड्रेन्स टोइज लाइब्रेरीको सम्बन्धमा मुम्बईमा प्रशिक्षण पनि आयोजना गरिएको थियो। आजभन्दा लगभग ६-७ महिनाअघि विद्यालयका प्रधानाचार्यले मुम्बईमा प्रशिक्षण लिइसकेका छन्। यो व्यवस्थामा विद्यार्थीहरूलाई खेल र अहिलेको राष्ट्रिय शिक्षा नीति अन्तर्गत धैरे शैक्षिक गुणवत्ता बढाउनमा सहयोग पुग्ने बताइएको छ।

‘बाल-बालिकाहरूको खेलौना पुस्तकालय’ उद्घाटनको अवसरमा विद्यालयका प्रधानाचार्य, आचार्य-आचार्या, एसएमसीका पदाधिकारीहरू र विद्यार्थीहरू उपस्थित थिए।

About Author

Advertisement