सरकारी सहुलियतहरू विषयमा सिटोङ फारमर्स प्रोड्युसर्स कम्पनीद्वारा कृषकहरूसित सभा

IMG-20230607-WA0304.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत सिटोङ फारमर्स प्रोड्युसर्स कम्पनी लिमिटेडको आयोजनामा संलग्न क्षेत्रका जम्मा सातवटा फारमर्स इन्ट्रेस्ट ग्रुप समितिहरूमाझ कृषि सम्बन्धी विभिन्न सरकारी सहुलियतहरु विषय एक सभा सम्पन्न भयो। सिटोङ क्षेत्रका कृषकहरूमा उन्नत पद्धतिको खेतीमा प्रतिस्पर्धात्मकता बढाउने अनि उदीयमान बजार अवसरहरूको फाइदा उत्पादक कृषकहरूसम्म पुराउने लक्ष्यसितै केही वर्ष अघि सिटोङ एक, दुई अनि तीन ग्राम पञ्चायत समग्रलाई लिएर गठित सिटोङ फारमर्स प्रोड्युसर्स कम्पनी लिमिटेडको सरकारी पञ्जीकरण भइसकेको छ।

यसैबीच आज सिटोङ फारमर्स प्रोड्युसर्स कम्पनी लिमिटेड अन्तर्गत सात एफआईजीका सभापति, सचिवहरूलाई लिएर कुमार राईको सभापतित्वमा एक बैठक बसियो भने समितिमार्फत् प्राप्त हुने सरकारी सहुलियतहरू सम्पूर्ण एफआईजीहरूमाझ बराबर विभाजन गरियो। सभामा उत्पादक कृषकहरूका निम्ति भविष्यमा अन्य धेरै कामहरू गरिने उद्देश्य राखिएको कृषि कार्यकर्ता गेछिरिङ लेप्चाले जानकारी गराएका छन्।

About Author

Advertisement