सरकारी तौरमा चिया कृषिमा प्रयोग गरिने आवश्यक उपकरण अनि सामानहरू वितरण

IMG-20260102-WA0099

खरसाङ: वाणिज्य एवं उद्योग मन्त्रालय भारत सरकार अधीनस्थ टिई बोर्ड ईण्डियाद्वारा टिई डेभलपमेन्ट एण्ड प्रमोसन स्किम २०२५-२०२६ अन्तर्गत खरसाङको सिटोङ अर्गानिक स्मल टिई ग्रोवर्स वेलफेयर सोसाइटी, सिटोङ १ संस्थालाई दार्जिलिङ क्षेत्रीय टिई डेभलपमेन्ट अधिकारी फुरी शेर्पाले चिया कृषिमा प्रयोग गरिने आवश्यक उपकरण अनि सामानहरू उपलब्ध गराए। यसमा टि हार्भेस्टर, पर्निङ मशीन, पावर स्प्रे, ब्रस कटर वेजिङ स्केल, प्लास्टिक क्रेट आदि उपकरणहरु रहेका छन्।लगभग १.५ लाख मूल्यको उपकरणहरु यस योजना अन्तर्गत सिटोङका साना चिया कृषि उत्पादक संस्थालाई उपलब्ध गराए वापत सिटोङ अर्गानिक स्मल टिई ग्रोवर्स वेलफेयर सोसाइटीका सभापति विश्वास लामा अनि सचिव विकास राईले संस्थाको तर्फबाट उक्त सरकारी विभाग एवं डेभलपमेन्ट अधिकारी फुरी शेर्पालाई कृतज्ञता प्रकट गरेका छन्। चिया कृृषिमा लागिपरेका साना चिया उत्पादक कृषकहरुलाई सरकारी योजना अनुरुप सरकारी सहुलियत र सुविधाहरु निरन्तर रूपमा उपलब्ध गराउने शेर्पाले बताए।यी सहुलियत र सुविधाहरुको लाभ प्राप्त गर्नका निम्ति कृृषकहरुले टिई बोर्ड ईण्डियामा आधिकारिक रूपमा आफ्नो नाम र कृषिको सरकारी पंजिकरण गराएको हुनु पर्नेछ। चिया कृषिमा संलग्न रहेका कृषकहरुलाई सरकारी प्रक्रिया अनुरुप आधिकारिकरूपमा आफ्नो नाम र कृषिलाई टिई बोर्ड ईण्डियामा रेजिस्ट्रेसन गराउने थप सुझाव पनि दिएका छन्।

About Author

Advertisement