सयवटा टेस्ट म्याच खेल्ने छैटौं श्रीलंकाई क्रिकेटर बने एञ्जेलो म्याथ्यूज

IMG-20220724-WA0133.jpg

२४ जुलाईः पाकिस्तान विरुद्ध २२ सालको उमेरमा टेस्ट पदार्पण (डेब्यू) गर्ने दिग्गज अलराउण्डर एञ्जेलो म्याथ्यूज तेह्र सालपछि सयवटा टेस्ट म्याच खेल्ने छैटौं श्रीलंकाई क्रिकेटर बने। उनले आफ्नो सयौं टेस्ट म्याच गाल इण्टरनेशनल स्टेडियममा खेलिरहेका छन्। म्याथ्यूजले आफ्नो पहिलो टेस्ट म्याच पनि यसै मैदानमा यसै प्रतिद्वन्द्वी विरुद्ध खेलेका थिए। श्रीलंका र पाकिस्तानबीच देस्रो टेस्ट म्याच आइतवारदेखि शुरु भएको छ। गत दुई सालको अवधिमा म्याथ्यूजले सीमित ओभरहरूका प्रारूपमा कप्तानी गुमाएका छन् तर टेस्ट टीममा चाहिँ उनी अहिले पनि प्रमुख खेलाड़ी हुन्। उनले गत मई महिना बंग्लादेश विरुद्ध १९९ र १४५ रनको ईनिंग्स खेलेका थिए अनि अहिले ७००० टेस्ट रन पूरा गर्ने संघारमा रहेका छन्। म्याथ्यूजले भने, जिम्मी एण्डरसन मेरो प्रेरणा हुन्, जसले ४० सालको उमेरमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। मभित्र अझ केही सालको क्रिकेट बाँकी छ। उमेर त केवल एउटा आँकड़ा हो अनि आफ्नो फिटनेसमाथि म कठोर मेहनत गर्दैछु।

About Author

Advertisement