दार्जीलिङका युवा खेलाड़ी ब्रिजेश गिरी साफ अण्डर-२० च्याम्पियनशीपको निम्ति भारतीय टीममा

IMG-20220724-WA0116.jpg

२४ जुलाईः साफ अण्डर-२० च्याम्पियनशीपको निम्ति मुख्य प्रशिक्षक शनमुगम भेंकटेशद्वारा घोषित २३ सदस्यीय भारतीय टीममा दार्जीलिङका युवा खेलाड़ी ब्रिजेश गिरीले पनि स्थान पाएका छन्। दार्जीलिङको भोटे बस्ती निवासी तथा पूर्व फूटबलर बाला गिरीका सुपुत्र ब्रिजेशले नर्थ पोइण्ट स्कूलमा अध्ययन गर्दादेखि नै फूटबल खेल्न शुरु गरेका थिए। लेफ्ट ब्याक पोजिशनमा खेल्ने १९ वर्षीय ब्रिजेशले चाँड़ै इण्डियन एरोस टीमबाट आई लीगमा खेल्ने मौका पाए। उनले आई लीगको गत सीजनमा २२ वटा म्याच खेलेर २ वटा गोल पनि गरे। आफ्नो प्रदर्शनमा निरन्तर सुधार गर्दै ब्रिजेश अहिले भारतीय अण्डर-२० टीममा स्थान बनाउन सफल भएका छन्। साफ अण्डर-२० च्याम्पियनशीपको आयोजन भुवनेश्वरमा हुनेछ।

भारतले आफ्नो पहिलो म्याच २७ जुलाईमा बंग्लादेश विरुद्ध खेल्नेछ। त्यसपछि २९ जुलाईमा श्रीलंका, ३१ जुलाईमा नेपाल र २ अगस्तमा मालद्वीप विरुद्ध म्याच रहेको छ। फाइनल ५ अगस्तमा खेलिनेछ।

About Author

Advertisement