सम्मान भवनमा एसकेएम पार्टीका उम्मेदवारहरूसँग मुख्यमन्त्रीको बैठक सम्पन्न

FB_IMG_1774365166416

गान्ताेक: आज मुख्यमन्त्री प्रेम सिंह तामाङले सम्मान भवनमा आगामी सामान्य नगरपालिका निर्वाचन २०८३ का लागि एसकेएम पार्टीका उम्मेदवारहरूसँग बैठकको अध्यक्षता गरे। कार्यक्रममा मन्त्रीहरू, सांसदहरू र राजनीतिक सचिवहरूको उपस्थिती रह्यो।
प्राप्त जानकारी अनुसार उद्घाटन सत्रमा मुख्यमन्त्रीले सबै उम्मेदवारहरूलाई हार्दिक बधाई व्यक्त गर्दै भने कि उनीहरूको निरन्तर समर्पण र पार्टीमा दिएको योगदानले उनीहरूलाई जनप्रतिनिधित्व गर्ने अवसर दिलाएको हो। उनले उम्मेदवारहरूलाई नम्रता, ईमानदारी र जिम्मेवारीपूर्वक राज्यको कल्याणको लागि साझा प्रयास गर्न प्रोत्साहित गरे।
उनले पार्टीले प्रत्येक उम्मेदवारको पूर्ण समर्थन गर्ने र निर्वाचनको यात्रामा सबै सम्भावित सहयोग प्रदान गर्ने विश्वास पनि दिलाए। साथै, उम्मेदवारहरूलाई सकेसम्म चाँडो आफ्नो नामांकन प्रक्रिया पूरा गर्न सुझाव दिँदै आगामी निर्वाचनमा सफलताको शुभकामना व्यक्त गरे।

About Author

Advertisement