सबै मानिसहरूलाई मुख्य धारासॅंग जोडेर समता, समानतामूलक समाज निर्माण गर्नु अति आवश्यक छ: सिक्किमका राज्यपाल

n60108445217133641217020b14d7a0d53b2805d14cf177e79dcca334d2a3fec05948069d050ea5e3abbaf9.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग आज राजभवनमा सामाजिक न्याय एवं अधिकारिता मन्त्रालय अन्तर्गत दिव्याङ्गजन सशक्तिकरण विभाग, राष्ट्रिय गतिशील दिव्याङ्गजन संस्थान, कोलकाताका निदेशक डा. ललित नारायण, नोडल अधिकारी डा. अलेन्द्र त्रिपाठी सीआरसी, सिक्किमी निदेशक पुष्पाञ्जलि गुप्ताले शिष्टाचार भेट गरे।

यस भेट अवधि सिक्किम राज्यमा दिव्याङ्गजनको व्यापक सशक्तिकरणको बारेमा विस्तारसॅंग चर्चा गरियो र भावी योजनाहरूको बारेमा जानकारी प्रदान गरियो। अधिकारीहरूले केन्द्र सरकारद्वारा दिव्याङ्गजनहरूको निम्ति चलाइएका हितकारी योजनाहरूको बारेमा पनि राज्यपाललाई अवगत गराए।

राज्यपाल आचार्यले समावेशी समाज निर्माणमाथि विशेष बल दिॅंदै भने, सामान्य स्तरभन्दा माथि र सामान्य स्तरभन्दा मुनिका सबै मानिसहरूलाई मुख्य धारासॅंग जोडेर समता, समानतामूलक समाज निर्माण गर्नु अति आवश्यक छ।

About Author

Advertisement