सन्त मङ्गल एकाडेमी मङपूमा गुरुजीहरुको परिभ्रमण 

00-1-IMG-20230310-WA0134

सिलगढी: आज गुरूजी श्री १०८ मोहन प्रियाचार्यजी महाराज-उपाध्यक्ष गुरुजी प्रणामी मिशन ट्रस्ट एवं गादिपति मङ्गलधाम कालेबुङ साथै महामडलेश्वर श्री नारायण स्वामीजी महाराज (आसाम), नाट्यभुषण सी के श्रेष्ठ, उपाध्यक्ष  प्रणामी धर्म सभा केन्द्रीय समिति अनि श्री गगन मिश्रद्वारा  सन्त मङ्गल एकाडेमीको परिभ्रमण गरे। विद्यालयका सम्पूर्ण विध्यार्थी अनि शिक्षक शिक्षिका द्धारा भब्य स्वागत अनि नाट्य भुषण सीके श्रेष्ठबाट नानीहरुलाई प्रेरक आशिरवचन  प्रदान गरियो। यसका साथै नानीहरूलाई शिक्षाप्रति थप प्रेरणा प्रदान गर्न यसै वर्षदेखि विद्यालयका शैक्षिक टपर विद्यार्थीलाई मङ्गलधाम कालेबुङद्वारा नगद पुरस्कारले सम्मानित गर्ने श्री गुरुजीले घोषणा गरे। सहशिक्षिका अंकिता छेत्रीद्वारा संचालित कार्यक्रममा नानीहरुले सुन्दर भजनहरू प्रस्तुत गरे। प्राचार्य मन्जित थापाले पुरस्कार घोषणाले नानीहरुलाई शिक्षाआर्जनमा मेहेनत अवश्य बढ्ने बताउँदै श्री गुरुजीप्रति आभार व्यक्त गरेl

About Author

Advertisement