सनराइजर्स हैदराबादको टीमसँग अभ्यास शुरु गरे मोहम्मद शमीले

IMG-20250320-WA0069

नयाँ दिल्ली: हैदराबादको राजीव गान्धी इण्टरनेशनल स्टेडियम बाहिर प्रशंसकहरूका भीड़ ओर्लिएको थियो कारण सनराइजर्स हैदराबाद (एसआरएच)-ले आफ्नो नयाँ स्टार बलर मोहम्मद शमीलाई टीमको जर्सीमा पहिलोपल्ट पेश गरिरहेको थियो। आईपीएल २०२५ शुरु हुन केही दिन पहिला नै शमी लाइमलाइटमा छन्। नोभेम्बरमा २०२४-मा जेद्दामा भएको मेगा लिलामीमा एसआरएच-ले शमीलाई १० करोड़ रुपियाँमा खरीद गरेको थियो। उनलाई गत सीजनको समापनपछि गुजरात टाइटन्सले रिलीज गरेको थियो। लिलामीमा कलकत्ता नाइट राइडर्सले पनि शमीमाथि रूची देखाएको थियो तर अन्तमा उनलाई एसआरएच-ले हासिल गरेको थियो। यसरी शमीलाई सुन्तले रंगको जर्सीमा देख्ने उनका प्रशंसकहरूका सपना पनि साकार भएको थियो। दुई साल अघि भएको वनडे वर्ल्ड कपमा सर्वाधिक विकेट हासिल गर्ने बलर शमी चोटले गर्दा लामो समयपछि खेलमा फर्किएका छन्। उनले पहिला बंगालको टीमबाट खेल्दै रणजी ट्रफीमा फर्म हासिल गरेका थिए अनि अहिले आईपीएलमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न तयार छन्। स्टेडियममा लगाइएको एउटा विशाल स्क्रीनमा शमीको एउटा भीडियो चलाइयो जसमा उनलाई तेज यर्करको साथ ब्याटरहरूका स्टम्प उखालिरहेको देखियो। त्यसपछि शमी अघि आए। उनले टीमको जर्सी लगाएका थिए। प्रशंसकहरूले पनि ताली बजाएर उनलाई भव्य स्वागत जनाए। त्यसपछि शमीले माइक लिएर भने, हैदराबाद मेरो नयाँ घर हो। यो जर्सी लगाउनु मेरो निम्ति गर्वको कुरा हो। आईपीएलमा हरेक बल आगो हुनेछ अनि आफ्नो टीमको निम्ति हरेक म्याचमा ज्यान लगाउनेछु। यो म वाचा गर्छु। शमीले बुधवारदेखि आफ्नो टीमसँग अभ्यास शुरु गरे। कप्तान प्याट कमिन्सलाई उनीसँग बलिंगको रणनीतिबारे चर्चा गरिरहेको देखियो। त्यसपछि शमीले नेट्समा ब्याटिंग अभ्यास गरिरहेका अभिषेक शर्मा र ट्रेविस हेडलाई केही बल पनि गरे। आईपीएल २०२५-मा एसआरएच-को पहिलो म्याच २३ मार्चमा राजस्थान रोयल्सविरुद्ध रहेको छ।

About Author

Advertisement