खरसाङ: २८ नम्बर खरसाङ चिमनी देवराली समष्टि अन्तर्गत वार्ड नम्बर सातमा रहेको सद्भावना सोसियल वेलफेयर सोसाईटी खरसाङले आफ्नो ४१औं स्थापना दिवस भव्यताका साथ राज राजेश्वरी हलमा आयोजना गरेको छ। कार्यक्रमकाे थाल्नी क्षेत्रीय सभासद श्याम शेर्पा, सचिव दिनेश लामा, सभापति ओैतारी शर्मा साथै वरिष्ठ नागरिक ९० वर्ष पार गरेको गोमा शर्मा अनि एच बस्नेतद्वारा गरियो। सचिव दिनेश लामाको स्वागत भाषण संगै दिवंगत सदस्यहरूको सम्झनामा भिडियो प्रस्तुत गरेर एक मिनटको मौन धारण गरेर कार्यक्रम शुरू गरियो।

कार्यक्रममा ६० वर्षमाथिका मानिसहरूलाई सभासद श्याम शेर्पाको बाहुलीबाट सम्मान पत्र प्रदान गरेर सम्मान जनाइएको छ। सभासद श्याम शेर्पा सद्भावना सोसियल वेलफेयर सोसाईटीका संस्थापक सदस्य पनि हुन्। कार्यक्रममा समाजका सदस्यहरूद्वारा विभिन्न प्रकारको रंगारग कार्यक्रम साथै कसरी पर्यावरण स्वच्छ र सफा राख्नुपर्ने विषयमा जनचेतनामूलक नाटक साथै कविता पाठन पनि प्रस्तुत गरियो।

अन्य कार्यक्रममा मनोरञ्जनात्मक गेमकाे पनि आयोजना गरिएको थियोे। कार्यक्रमलाई प्रशान्त शर्मा अनि बिरेश लामाद्वारा संचालन गरिएकाे थियो। सद्भावना सोसियल वेलफेयर सोसाईटीले विगतका दिनहरुमा विभिन्न प्रकारका सामाजिक कार्यहरू गर्दै आहिरहेकाे छ। नारी दिवसको उपलक्ष्यमा सोही दिन समाजको नारीहरूको सम्मान गर्दै केक पनि काटियो।

यसको साथै ४१ओैं स्थापना दिवसकाे केक काटेर मनाएको छ। अन्त्यमा समाजको अध्यक्ष औतारी शर्माद्वारा धन्यवाद ज्ञापन गरेका थिए।











