सदर पुलिसको पञ्जामा पऱ्यो नशालु पदार्थ बिक्रेता

arrest-25.jpg

गान्तोक। गान्तोक सदर पुलिसले ड्रग्स विरूद्ध अभियान शुरू गरेको छ। गत केही दिनदेखि यता ड्रग्सको धन्दामा लिप्त आरोपीहरूलाई निरन्तर पक्राउ गर्दै आइरहेको छ। यसै क्रममा हिजो राति सदर पुलिसले प्रतिवन्धित ड्रग्स सहित एक युवकलाई पक्राउ गरेको छ। पक्रा पर्ने आरोपी रिनाक निवासी आकाश अधिकारीकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीको मूल घर रिनाक रहेको तर वर्तमानमा मेट्रो पोइन्टस्थित तादोङमा बस्दै आइरहेका थिए। आरोपीबाट पुलिसले सेम्पेक्स क्याप्सुल, एनटेन ट्याबलेट र १० बोतल कफ सिरप फेला पारेको छ। पुलिसले आरोपीविरूद्ध सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत दर्ता गर्दै केरकार गरिरहेको छ।

About Author

Advertisement