सत्तारुढ दलका सञ्चालक र स्थानीय माफियाले अवैध रुपमा खोलाको माटो काटेको आरोप

कुचबिहार: दैनिक खोलाको अवैध माटो उत्खननका कारण लगभग २ देखि २ सय ५० बिघा जमिन खोलामा मिल्ने संघारमा पुगेको छ। प्रशासनसँग गुनासो गर्दा पनि न्याय नपाएको स्थानीयको गुनासो छ। घटना उत्तरी अम्बाडीको कालजनी नदीमा भएको हो।
चार लेनको सडक निर्माण भइरहेकाले यहाँबाट अवैध रुपमा तटबन्ध भत्काएर माटो निकाल्ने गरेको स्थानीयको गुनासो छ। सत्तारुढ दलका आश्रित सञ्चालक र स्थानीय माफियाले यो काम गरिरहेको आरोप छ। स्थानीयले रोके धम्की दिने गरेका छन्। कसैले माटो लिने हो भने छुट्टै बाटो बनाएर जग्गा किनेर माटो लैजाने भन्ने जनताको भनाइ छ । योसँगै हाम्रो यो सडक पनि मर्मत गर्नुपर्छ। अम्बाडी ग्राम पञ्चायत प्रधानले भने, ‘भूमि सुधार विभागलाई जानकारी दिने कि नदिने भन्ने कुरा उनीहरूको हो तर स्थानीय जनताको गुनासोबारे माथिल्लो निकायलाई जानकारी गराईसकेका छौँ।

About Author

Advertisement