सत्तामा आए भने सामूहिक निर्वासन र मुस्लिम देशहरूमाथि लाग्नेछ प्रतिबन्ध: डोनाल्ड ट्रम्प

Donald-J-Trump-2010.webp

न्यूयर्क: रिपब्लिकन पार्टीको उम्मेदवारहरूको दौड़मा सबैभन्दा अगाडि रहेका अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि चुनाउ जित्न विभिन्न घोषणाहरू गरेका छन्।

अमेरिकामा आगामी वर्ष प्रस्तावित रहेकाे चुनाउमा ट्रम्पले चुनाउमा जित हासिल गर्न सामूहिक निर्वासन अभियान चलाउने, मुस्लिम देशहरूमाथि प्रतिबन्ध लगाउने र सबै वस्तुहरूको आयातमा सीमा शुल्क लगाउने घोषणा गरेका छन्।

राष्ट्रपति चुनाउमा उम्मेदवारको निम्ति ट्रम्पको प्रचार शुरू भइसकेको छ। यद्यपि, ट्रम्पको अधिकांश समय विभिन्न मामिलाहरूमा सुनवाईमा बितिरहेको छ। यस बिच चुनाउमा रिपब्लिकन पार्टीको उम्मेदवारको दौडमा उनी सबैभन्दा अगाडि छन्। ट्रम्पले फेरि राष्ट्रपति बनेको खण्डमा आफ्नो कार्यकालको एजेन्डा पनि साझा गरिसकेका छन्।

ट्रम्पले राष्ट्रपति पदको शपत लिनु अघि नै रूस र यूक्रेनबिच युद्ध रोकिदिने दाबी समेत गरेका छन्। उनले हमास विरूद्ध युद्धमा इजराइलको साथमा उभिने र आतङ्कवादी समूहलाई नष्ट गर्ने इजराइलको प्रयासहरूको समर्थन गर्ने बताए। उनले नाटोको उद्देश्य र मिशनको मौलिक रूपमा पुनर्मिल्यांकन जारी राख्ने पनि बताएका छन्।

About Author

Advertisement