सड़क मरम्मतीको माग गर्दै स्थानीय मानिसहरूकाे भाजपा साथ मिलेर विरूद्ध विरोध प्रदर्शन

IMG_20220803_161621.jpg

सिलगढ़ी: सिलगढ़ी नगर निगमको ४२ नम्बर वार्ड सालूगढ़ाको पोस्ट अफिस रोडको स्थिति अति जर्जर बनेको छ। सड़क मरम्मतीको माग गर्दै स्थानीय मानिसहरूले अाज भाजपाको साथ मिलेर सिलगढ़ी नगर निगम विरूद्ध विरोध प्रदर्शन गरे।

धेरै पल्ट जर्जर सड़कको मरम्मतीको माग गरेपनि कसैले ध्यान दिइरहेको छैन भनि स्थानीय मानिसहरूले आरोप लगाएको छ। यसैले आज विरोध प्रदर्शन शुरू गरिएको छ। चुनाउको समय विभिन्न राजनीतिक पार्टीका मानिसहरूले ना-ना थरीका वाचा गर्छन् तर चुनाउ समाप्त हुनसाथ उनीहरूले आफ्नो वाचा बिर्सिन्छन्।

८ नम्बर भाजपाका मण्डल अध्यक्ष हीरा रायले भने, ‘चुनाउअघि तृणमूल कांग्रेसले धेरै वटा वाचा गरेको थियो। सिलगढ़ी नगर निगम बोर्ड गठन भएको छह महिनाभन्दा धेरै समय बितिसकेको छ। यसपछि पनि तृणमूल कांग्रेसले आम जनको समस्याको समाधान गरिरहेको छैन। यदि १० दिनभित्र सालूगढ़ाको पोस्ट अफिस रोडको मरम्मती कार्य शुरू भएन भने ठूलो आन्दोलन गरिनेछ’।

About Author

Advertisement