सिलगढी: सडकमा यात्रा गर्ने सबैको सुरक्षा सुनिश्चित गर्ने उद्देश्यले सिलगढी ट्राफिक पुलिसले शहरका विभिन्न प्रमुख स्थानहरूमा नियमित नाका चेकिङ तथा ‘ब्रीथ एनालाइजर’ मार्फत मापसे (मादक पदार्थ सेवन) चेकिङ अभियानलाई निरन्तरता दिएको छ।
अभियानका क्रममा मादक पदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएमा चालकहरूविरुद्ध कडा कानुनी कारबाही भइरहेको छ।
सिलगढी पुलिसले कहिल्यै पनि मदिरा सेवन गरेर सवारी नचलाउन सर्वसाधारणमा अपिल गर्दै सिलगढीका सडकहरूलाई सबैका लागि सुरक्षित बनाउन सहकार्यको आह्वान गरेको छ।










