सचिव कर्मा नामग्याल भोटिया नोडल अधिकारी नियुक्त

IMG-20230410-WA0169-11-300x172-3

गान्तोक: सिक्किम सरकारले कौशल विकास विभागका सचिव कर्मा नामग्याल भोटियालाई राजधानी गान्तोकमा बसोबास गरिरहेका जङ्गु, लाचेन, लाचुङ र चुङथाङ वासीहरूका गुनासोहरू सम्बोधित गर्न नोडल अधिकारी नियुक्त गरेको छ।

राहत आयुक्त कार्यालयले आज जारी गरेको एउटा कार्यालय आदेशमा उक्त जानकारी दिइएको छ।

कार्यालय आदेश अनुसार, नोडल अधिकारीले उनीहरूसॅंग अन्तरक्रिया गरेर उनीहरूले उठाएका कुराहरू मुख्य सचिव एवं राज्य कार्यकारी समिति, एसएसडीएमएका चेयरमेनसमक्ष नियमित रूपमा राख्नेछन्।

About Author

Advertisement