सचिनको रेकर्ड तोड़्न नसके पनि रुट महान ब्याटर हुनेछन्ः बेल

IMG-20240925-WA0371

नयाँ दिल्ली: लीजेण्ड्स लीग क्रिकेटको निम्ति भारतमा रहने ईंग्ल्याण्डका पूर्व ब्याटर इयान बेलको भनाइअनुसार, जो रुटले सचिन तेन्दुलकरको १५,९२१ टेस्ट रनको रेकर्ड तोड़्न नसके पनि उनी टेस्ट क्रिकेटमा देशका सर्वकालिक महान ब्याटर रहनेछन्। ईंग्ल्याण्डका अनुभवी ब्याटर रुट हालै श्रीलंकाका दिग्गज ब्याटर कुमार संगकारालाई पछि छोड़ेर टेस्ट क्रिकेटको इतिहासमा सर्वाधिक रन बनाउने ब्याटरहरूका सूचीमा छैटौं स्थानमा पुगेका थिए। बेलले भने, रुटले गत १२ महिनामा अविश्वसनीय रूपले असल प्रदर्शन गरेका छन्। उनले भविष्यबारे केही सोचिरहेका छन् जस्तो मलाई लाग्दैन। उनी वर्तमानमा रहन मन पराउँछन्। सचिन जस्ता महान खेलाड़ीको नजिक पुग्नु पनि ठूलो उपलब्धि हो। सचिन वास्तवमा यस खेलका महान खेलाड़ी हुन् अनि उनी वाल्यकालदेखि नै मेरो आदर्श रहेका छन्। ईंग्ल्याण्डको तर्फबाट ११८ वटा टेस्ट म्याच खेल्ने ४२ वर्षीय बेलले आफ्नो पूर्व साथी खेलाड़ीबारे भने, रुट भविष्यमा सचिनको नजिक पुग्न सक्छन् भन्ने सोच्नु पनि ठूलो उपलब्धि हो। उनले सचिनको रेकर्ड तोड़्न सक्नेछन् या छैनन् भन्ने त थाहा छैन तर उनलाई निश्चित रूपले ईंग्ल्याण्डका सर्वकालिक महान ब्याटरको रूपमा याद गरिनेछ। उल्लेखनीय छ, ३३ वर्षीय रुटले अहिलेसम्म टेस्ट क्रिकेटमा १२४०२ रन बनाएका छन्। अहिले उनी सचिनको रेकर्डदेखि ३५१९ रन पछि रहेका छन्। रुट अहिले पाकिस्तानविरुद्ध आउँदो टेस्ट सीरीजको तयारीमा जुटेका छन्।

About Author

Advertisement