संसदीय याचिका समितिका सभापतिलाई खरसाङमा सांसद राजु बिष्टद्वारा भव्य स्वागत

FB_IMG_1781779104984

खरसाङ: दार्जिलिंग लोकसभा क्षेत्रका सांसद राजु बिष्टले आज खरसाङमा संसदीय याचिका समितिका (पार्लियामेंट्री कमेटी ऑन पिटिनस) माननीय सभापति चन्द्र प्रकाश जोशी र समितिका अन्य सदस्यहरूलाई भव्य स्वागत गरेका छन्।
​देशका विभिन्न भागहरूको भ्रमण गर्ने क्रममा संसदीय टोली आज खरसाङ आइपुगेको हो। यस भ्रमणको मुख्य उद्देश्य संसदीय सुनवाइ (Hearings) का क्रममा जनताद्वारा उठाइएका विभिन्न समस्या र मुद्दाहरूको स्थलगत अध्ययन तथा समाधान गर्नु रहेको बताइएको छ। आफू पनि यस गरिमामय स्थायी समितिको एक सदस्य रहेको जानकारी दिँदै सांसद बिष्टले सम्पूर्ण दार्जिलिंग लोकसभा क्षेत्रका जनताको तर्फबाट सभापति र सदस्य टोलीलाई पहाडको सुन्दर भूमिमा हार्दिक अभिनन्दन व्यक्त गरे।
​यस भ्रमणले क्षेत्रीय मुद्दाहरूलाई केन्द्र सरकार समक्ष प्रभावकारी ढङ्गले पुर्‍याउन र सम्बोधन गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।

About Author

Advertisement