संयुक्त माध्यमिक शिक्षक संगठन मिरिक सर्कल कमिटी गठन

IMG-20241214-WA0079

मिरिक: संयुक्त माध्यमिक शिक्षक संगठन मिरिक सर्कल कमिटी गठन भएको छ। थर्बु उच्चतर माध्यमिक विद्यालयका प्रधानाध्यापक मणिकुमार प्रधानको अध्यक्षतामा सम्पन्न सभामा कार्यकारी सभासद अरुण सिंगची, सभासद मिलेश राई, केन्द्रीय अध्यक्ष जोन राई, प्रवक्ता मनोहर शर्मा, उपाध्यक्ष सुनिल भण्डारी, केन्द्रीय सदस्य विमल शेर्पा, जीटीए जनसम्पर्क अधिकारी मिरिकका विवेक तामाङ लगायत रवीन्द्रनाथ उमावि सौरेनीका शिक्षक प्रभारी कैलाश राई, फुवागढी विद्यालयका शिक्षक प्रभारी पेमा लामा आदिको उपस्थिति रहेको थियो। सभाले मिरिक सर्कल कमिटी गठन गय्रो जसमा अध्यक्ष विवेक नेवार, (रवीन्द्रनाथ उमावि, सौरेनी), उपाध्यक्ष दीप जोशी (थर्बु उमावि) र अमिर तामाङ(मिरिक उमावि), महासचिव डीके राई (पानीघट्टा उमावि), सह सचिव आदित्य राई (पुटुङ उमावि), बालकृष्ण शर्मा (फुवागढी उमावि), कोषाध्यक्ष बसन्त योञ्जन (निरपानी-कोलाबारी निम्नोच वि.), सह कोषाध्यक्ष सुगम राई (प्रेमसुन्दर उमावि, मरमा), मिडिया प्रभारी मुकेश शर्मा (रवीन्द्रनाथ उमावि, सौरेनी)लगायत मिरिक सर्कलका आठवटा विद्यालयका प्रधानाध्यापक, अध्यापिका, शिक्षक प्रभारीहरु प्रमुख सल्लाहकारमा नियुक्त भए भने चन्द्रिका प्रधान, सुरेश तामाङ, प्रजनीका ठटाल, सागर प्रधान, प्रणय घले, पासाङ तामाङ कार्यकारी सदस्यमा चयन भएका छन्। आजको सभामा वक्ताहरुले शिक्षक संगठन शिक्षकहरुको हितमा रहेर उनिहरुको समस्या माथि काम गर्नु पर्ने बताए। सभामा मिरिक सर्कल भित्रका विद्यालयका शिक्षक शिक्षिकाको उपस्थिति रहेको थियो।

About Author

Advertisement