श्रीलंकाविरुद्ध टी२० सीरीज क्लीन स्वीप गर्न सफल भारत

IMG-20240731-WA0169

पाल्लेकल: भारतले टी२० इण्टरनेशनल सीरीजको रोमाञ्चले भरिएको तेस्रो तथा अन्तिम म्याचमा आयोजक श्रीलंकालाई सुपर ओभरमा पराजित गऱ्यो। यसरी भारतले तीनवटा म्याचको टी२० सीरीज ३-०-ले क्लीन स्वीप गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै भारतले २० ओभरमा ९ विकेट गुमाएर १३७ रन मात्र बनाउन सक्यो। त्यसपछि श्रीलंकाले पनि २० ओभरमा ८ विकेट गुमाएर १३७ रन नै बनाउँदा म्याच टाई भयो। त्यसपछि परिणाम हासिल गर्न सुपर ओभरको खेल भयो। सुपर ओभरमा श्रीलंकाले ४ बल खेलेर केवल २ रन बनाएर दुवै विकेट गुमायो। जवाफमा भारतीय कप्तान सूर्यकुमार यादवले पहिलो बलमै चौका लगाएर टीमलाई यादगार जीत दिलाए। नयाँ मुख्य प्रशिक्षक गौतम गम्भीर र नयाँ कप्तान सूर्यकुमारको आगमनपछि यो भारतको पहिलो सीरीज जीत हो।
मंगलवार राति श्रीलंकाई टीमले जितिसकेको म्याच गुमायो। भारतले दिएको १३८ रनको लक्ष्यलाई खेदो गर्दै श्रीलंकाई टीमले एक समय केवल १ विकेटमा ११० रन बनाइसकेको थियो तर टीमले पछिबाट ७ विकेट गुमाएर केवल २७ रन जोड़्न सक्यो। श्रीलंकाको ईनिंग्सको अन्तिम २ ओभरमा रिंकू सिंह र सूर्यकुमार जस्ता पार्ट टाइम बलरले २-२ विकेट लिएर भारतलाई म्याचमा फर्काए। पहिलो दुईवटा म्याच झैं मंगलवार पनि श्रीलंकाको मध्यक्रमले कुनै छाप छोड़्न सकेन। श्रीलंकाको तर्फबाट कुसाल परेरारे सर्वाधिक ४६ रन बनाए। यसबाहेक कुसाल मेण्डिसले ४३ र ओपनर पाथुम निसांकाले २६ रनको योगदान दिए। यसबाहेक अरू कसैले पनि ४ भन्दा अधिक रन बनाउन सकेनन्। भारतीय बलरहरूमा रिंकू र सूर्यकुमार बाहेक वाशिंगटन सुन्दर र रवि बिश्नोईले पनि २-२ विकेट लिए। यसअघि पहिला ब्याटिंग गर्दै भारतको शुरुवात खराब रह्यो अनि ४८ रनसम्म ५ विकेटको पतन भइसकेको थियो। त्यहाँबाट उपकप्तान शुभमन गिलको साथमा रियान पराग र वाशिंगटन सुन्दरले उपयोगी ईनिंग्स खेलेर भारतलाई सम्मानजनक स्कोरसम्म पुऱ्याए। गिलले सर्वाधिक ३९ रन बनाए। यसबाहेक परागले २६ र वाशिंगटनले २५ रनको योगदान दिए। यशस्वी जयसवाल १० र कप्तान सूर्या ८ रन बनाएर आउट भए। यसरी सञ्जु सेमसनले लगातार दोस्रो म्याचमा खाता खोल्न सकेनन्। श्रीलंकाई बलरहरूमा महीष तीक्ष्णाले सर्वाधिक ३ विकेट लिए।

About Author

Advertisement