गाल (श्रीलंका): भारतले पहिलो क्रिकेट टेस्ट म्याचको तेस्रो दिन सोमवार श्रीलंकाको पहिलो ईनिंग्स २८४ रनमा समाप्त गऱ्यो। यसरी भारतलाई पहिलो ईनिंग्सको आधारमा १७८ रनको महत्त्वपूर्ण बढ़त हासिल भयो। श्रीलंकाको पहिलो ईनिंग्स समाप्त हुनको साथै वर्षा शुरु हुँदा तेस्रो दिनको खेल समाप्त घोषित गरियो। भारतले आफ्नो पहिलो ईनिंग्समा ४६२ रन बनाएको थियो। श्रीलंकाई टोलीमाथि एक समय त फलोअन्-को संकट देखिएको थियो। त्यसपछि सोनल दिनुषा र निरोश डिकवेलाले मिलेर लड़ाकू ब्याटिंग गर्दै श्रीलंकालाई फलोअन्-बाट बचाए पनि भारतलाई मजबूत बढ़त हासिल गर्नदेखि रोक्न सकेनन्। श्रीलंकाको पहिलो ईनिंग्समा दिनुषाले लड़ाकू शतक (१०० रन) बनाए। श्रीलंकाको पहिलो ईनिंग्समा माथव सुथारले ४ र रवीन्द्र जडेजाले ३ विकेट लिए। यसरी मोहम्मद सिराज, प्रसिद्ध कृष्णा र कुलदीप यादवले पनि १-१ विकेट बाँड़े।
श्रीलंकाको पहिलो ईनिंग्समा शुरुवात खराब रह्यो। ओपनर निशान मदुश्का ईनिंग्सको दोस्रो बलमै सिराजको शिकार बने। त्यसपछि अनुभवी ब्याटर दिनेश चाण्डीमल केवल ४ रन बनाएर आउट भए। यसरी श्रीलंकाले एकपछि अर्को विकेट गुमाउँदा स्कोर ५ विकेटमा ९० रन रहेको थियो। लाहिरु उदारा २७, कामिन्दु मेण्डिस १४ र कप्तान धनञ्जय डी सिल्वा २१ रन बनाएर आउट भए। खराब शुरुवातपछि श्रीलंकाको निम्ति सोनाल दिनुषा र विकेटकीपर-ब्याटर डिकवेलाले मोर्चा सम्हाले। यी दुईजनाले धैर्यको साथ खेल्दै शतकीय साझेदारी गरे अनि दोस्रो सत्रको खेलमा भारतीय बलरहरूको परीक्षा लिए। दिनुषा र डिकवेलाले छैटौं विकेटको निम्ति १४६ रनको साझेदारी गरी श्रीलंकालाई फलोअन्-को संकटबाट उकासे।
टी ब्रेकपछि चाहिँ प्रसिद्ध कृष्णाले डिकवेलालाई आउट गरी यस साझेदारीलाई तोड़े। डिकवेलाले ११५ बलमा सातवटा चौकाको सहायताले ८० रन बनाए। डिकवेला आउट भएपछि श्रीलंकाले फेरि लगातार अन्तरालमा विकेट गुमायो। यसबीच क्रीजमा अडिग रहने सोनल दिनुषाले १६७ बलमा आफ्नो पहिलो टेस्ट शतक पूरा गरे। धैर्यको साथ खेलिरहेका दिनुषा शतक पूरा गर्नको साथ जडेजाको शिकार बने। उनले आफ्नो शतकीय ईनिंग्समा १६८ बल खेलेर चारवटा चौका र जोड़ी छक्का लगाए। श्रीलंकाको तल्लो क्रमलाई सुथारले समेटे। प्रबाथ जयसूर्या र लाहिरु कुमाराले १०-१० रन बनाए। यसअघि आज बिहान भारतको पहिलो ईनिंग्स ४६२ रनमा समाप्त भयो। भारतले सोमवार आफ्नो स्कोरमा केवल २ रन जोड़्न सक्यो।









