श्रमिकहरूलाई फौलाई दिने दिशामा भएको पहलप्रति भारतीय मजदुर संघद्वारा आभार प्रकट

IMG-20261015-WA0080

सोनादा: पेशोक र सिङताम चियाबारीका श्रमिकहरूलाई फौलाई उपलब्ध गराउने दिशामा भएको पहलप्रति भारतीय मजदुर संघ तथा श्रमिकहरूको तर्फबाट सांसद राजु विष्ट, श्रम मन्त्रालय र राज्य भाजपा सरकारप्रति हार्दिक धन्यवाद व्यक्त गरिएको छ। यस महत्वपूर्ण कार्यका लागि सांसद राजु विष्टले निर्वाह गरेका भूमिका विशेष रूपमा सराहनीय रहेको भारतीय मजदुर संघका दार्जिलिङ जिल्ला महासचिव प्रणय शेर्पाले बताएका छन्। उनले विगत दुई वर्षदेखि तृणमूल कांग्रेस सरकारको कार्यकालमा श्रमिकहरूले यस आर्थिक सहायताबाट वञ्चित गरेर राखेको बताउँदै लामो समयदेखि आर्थिक संकट र अनिश्चितताको सामना गरिरहेका पेशोक र सिङताम चियाबारीका श्रमिकहरूका लागि फौलाई उपलब्ध गराउने पहलले आशा जगाएको बताएका छन्।

About Author

Advertisement