गान्ताेक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आफ्नो पुर्ख्यौली थलो सोरेङ जिल्लाको सिङलिङ भ्रमण गरी दिवंगत बुद्ध सिंह तामाङ गोलेप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।
बुद्ध सिंहको निधनमा दुःख व्यक्त गर्दै मुख्यमन्त्रीले सामाजिक सञ्जालमार्फत शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेका हुन्। उनले मृतकको आत्माको चिरशान्तिको कामना समेत गरेका छन्।
”आज मैले मेरो पुर्ख्यौली थलो सोरेङको सिङलिङ भ्रमण गरी दिवंगत बुद्ध सिंह तामाङ गोलेप्रति भावपूर्ण श्रद्धाञ्जली र प्रार्थना अर्पण गरेँ,” मुख्यमन्त्री तामाङले सामाजिक सञ्जालमा तस्बिरहरू पोस्ट गर्दै लेखेका छन्, “यस दुःखद घडीमा म शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गर्दछु र दिवंगत आत्माको चिरशान्तिका लागि प्रार्थना गर्दछु।”
मुख्यमन्त्री तामाङले दिवंगत बुद्ध सिंहको परिवारलाई भेटेर सान्त्वना समेत दिएका छन्।










