शेल्टनलाई पराजित गरी करियरको दोस्रो ग्राण्ड स्ल्याम जिते ज्वेरेवले

IMG-20260914-WA0080

न्यूयोर्क: जर्मनीका स्टार खेलाड़ी अलेक्जेण्डर ज्वेरेवले सालको चौथो ग्राण्ड स्ल्याम अमेरिकी ओपन टेनिस टुर्नामेण्टमा पुरुष एकलको खिताब जिते। फाइनल म्याचमा शीर्ष वरीयता प्राप्त २९ वर्षीय ज्वेरेवले अमेरिकी प्रतिद्वन्द्वी बेन शेल्टनलाई पराजित गरे। रोमाञ्चक म्याचमा जर्मन खेलाड़ीले २३ वर्षीय शेल्टनलाई ४ सेटमा ६-३, ७-६ (२), ५-७, ६-२-ले पराजित गरे। पहिलो सेट हारेपछि शेल्टनले म्याचमा फर्किने भरपूर प्रयास गरे अनि दोस्रो सेट टाईब्रेकरसम्म पुग्यो, जसमा ज्वेरेवले ७-२-ले जीत हासिल गरे। तेस्रो सेटमा शेल्टनले ज्वेरेवलाई स्तब्ध बनाए अनि आफ्नो घरेलु स्टेडियममा करियरको पहिलो ग्राण्ड स्ल्याम जित्ने सम्भावनाहरूलाई जीवित राखे। त्यसपछि चौथो सेटमा चाहिँ ज्वेरेवले शेल्टनलाई कुनै मौका दिएनन् अनि ६-२-ले सेटको साथ म्याच अनि आफ्नो करियरको दोस्रो ग्राण्ड स्ल्याम खिताब जिते। न्यूयोर्कको अर्थर ऐश स्टेडियममा खएलिएको फाइनल म्याचपछि २३ वर्षीय शेल्टनले ठूलो संख्यामा उपस्थित रहेर उनको समर्थन गर्ने प्रशंसकहरू प्रति आभार व्यक्त गरे। यसरी फाइनल जितेपछि ज्वेरेवलाई भावुक देखियो। च्याम्पियन ज्वेरेवका माता-पिता इरिना ज्वेरेव र अलेक्जेण्डर ज्वेरेव सीनियर दुवै टेनिस खेलाड़ी रहेका थिए अनि दुवैले सोवियत संघको प्रतिनिधित्व गरेका थिए। यसरी ज्वेरेवको दाजु मिशा पनि पेशादार टेनिस खेलाड़ी थिए। ज्वेरेव केही दिन अघि मात्र एक सीजनमा सर्वाधिक २३ वटा ग्राण्ड स्ल्याम म्याच जित्ने खेलाड़ी बनेका थिए। उनले महान बोरिस बेकरको ३६ साल पुरानो रेकर्ड तोड़ेका थिए। साढ़े तीन घण्टासम्म चलेको फाइनलमा जीत हासिल गरी आफ्नो पहिलो अमेरिकी ओपन खिताब जित्ने ज्वेरेवलाई च्याम्पियनको रूपमा ४० लाख पाउण्डको पुरस्कार राशि हासिल भयो। उल्लेखनीय छ, ज्वेरेवको निम्ति यो सीजन यादगार रह्यो। उनले पेरिसमा फ्लेवियो कोबोलीलाई पराजित गरी फ्रेञ्च ओपनको रूपमा आफ्नो पहिलो ग्राण्ड स्ल्याम खिताब जितेका थिए। त्यसपछि उनी विम्बल्डनको पनि फाइनलमा पुगेका थिए तर विश्वका नम्बर एक खेलाड़ी इटलीका यानिक सिनरविरुद्ध पराजित भएका थिए। फ्लशिंग मिडोजमा करियरको दोस्रो ग्राण्ड स्ल्याम खिताब जितेपछि ज्वेरेवले पनि समर्थकहरूलाई धन्यवाद दिए। चार सालको आयुमा पत्तो लागेको बिमारीले उल्लेख गर्दै ज्वेरेवले भने, डाक्टरहररूले मलाई यस्तो बिमारीले पीड़ित बताएका थिए, जसले गर्दा टेनिस खेल्नु लगभग असम्भव थियो तर मेरो मिता-पिताले कठिन समयमा मेरो हिम्मत बढ़ाए। कहिले हार नमान्ने सोच भएकी मेरी आमाले मलाई साथ र समर्थन दिइन्। यसरी ज्वेरेवले खेल भावनाको परिचय दिँदै अमेरिकी प्रतिद्वन्द्वी शेल्टनको पनि प्रशंसा गरे। उनले भने, आज अमेरिकी ओपनको ट्रफी मसँग रहेको छ तर आउँदो समयमा उनी (शेल्टन) निश्चित रूपले च्याम्पियन बन्नेछन्। यस कुरामा म आफ्नो पूरा पुरस्कार राशिको बाजी लगाउन तयार छु। उनी असाधारण खेलाड़ी हुन्। उल्लेखनीय छ, अमेरिकी ओपनको फाइनल अघि ज्वेरेवले सेमिफाइनलमा रुसका कारेन खाचानोव र क्वार्टर फाइनलमा नीदरल्याण्ड्सका बोटिन वान डे जेण्डशुल्पलाई पराजित गरेका थिए। अमेरिकी ओपनमा महिला एकलको खिताब कजाखस्तानकी एलेना रायबाकिनाले जितिन्।

About Author

Advertisement