‎‎‘शेप ऑफ माेमाे’ २९ मईदेखि प्रदर्शनमा‎

Screenshot_20260512_211943_Facebook

गान्ताेक: सिक्किमकी चलचित्र निर्देशक त्रिवेणी राई निर्देशित पहिलो नेपाली कथानक चलचित्र ‘शेप ऑफ माेमाे’ यही २९ मईदेखि भारत र नेपालका छनोट गरिएका चलचित्र घरहरूमा प्रदर्शनमा आउने भएको छ।
सिक्किममै पूर्ण रूपमा छायाङ्कन गरिएको यस पुरस्कार विजेता चलचित्रमा स्थानीय कलाकारहरूको अभिनय रहेको छ। निर्देशक राईले चलचित्रको प्रदर्शन मिति, प्रिमियर तयारी तथा दर्शकहरूबाट अपेक्षाबारे जानकारी दिँदै यो आफ्नो पहिलो चलचित्र भएकाले विशेष उत्साह रहेको बताएकी छन्।
‎चलचित्रले स्थानीय जीवनशैली, संस्कृति र भावनात्मक कथालाई समेटेको छ। निर्देशकले चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रिया आउनेमा विश्वास व्यक्त गरेकी छन्।

About Author

Advertisement