शुभंकर सरकार कांग्रेसको प्रदेश अध्यक्षमा नियुक्त

00-1-Shubhankar-Sarkar

कोलकाता: कांग्रेस उच्च कमाण्डले अधीर रञ्जन चौधरीको स्थानमा शुभंकर सरकारलाई कांग्रेसको प्रदेश अध्यक्षमा नियुक्त गरेको छ। यस सम्बन्धमा अखिल भारतीय कांग्रेस कमिटीले शनिबार राति निर्देशन जारी गरेको थियो। प्रदेश कांग्रेस अध्यक्षका रुपमा अधीर रञ्जन चौधरीको भूमिका सराहनीय रहेको बताइएको छ। तर, अहिले शुभंकर सरकारलाई तत्काल प्रभावबाट पश्चिम बंगाल कांग्रेसको अध्यक्ष बनाइएको छ। उल्लेखनीय छ, प्रदेश कांग्रेसमा छिट्टै महत्वपूर्ण परिवर्तन हुनसक्ने चर्चा केही समयदेखि चलिरहेको थियो। अधीरले अर्को कार्यकाल पाउने पनि भनिएको थियो। भर्खरै सम्पन्न लोकसभा चुनावमा बहरामपुरबाट अधीर रञ्जन चौधरी पराजित भएपछि विभिन्न अड्कलबाजी गरिएको थियो। यसैबीच, अखिल भारतीय कांग्रेस कमिटीको बैठकमा उनलाई पूर्व अध्यक्षको रूपमा सम्बोधन गरेकोमा निकै हंगामा भएको थियो। प्रदेश कांग्रेस कोषाध्यक्ष सन्तोष पाठकले शुभंकरलाई अध्यक्ष बन्न सफल भएकोमा बधाई दिएका छन्।

About Author

Advertisement