शीतकालको यस मौसममा फुलबारी ब्यारेजमा प्रवासी पक्षीहरूको आगमन शुरू

IMG_20221128_152733.jpg

राजगञ्ज: शीतकालिन मौसम शुरू हुनसाथ प्रति वर्ष नै राजगञ्जको फुलबारी महानन्दा ब्यारेजमा प्रवासी पक्षीहरूको आगमन हुने गर्दछ। उत्तर बंगालको अन्य पोखरी,झीलहरूमा झैं सिलगढी संलग्न फुलबारी ब्यारेजको पश्चिम धनतलाको महानन्दा नदीमा विभिन्न प्रजातिका पक्षीहरूको आगमन शुरू भएको छ। स्थानीय मानिसहरूले बताए अनुसार ठण्डाको मौसममा मुख्य रूपमा मङ्गोलिया, तिब्बत, दक्षिण अफ्रिका, साइबेरिया लगायत अन्य देशबाट रूडी शेल्डक, रिभर ल्यापविङ आदि जस्ता प्रवासी पक्षीहरू फुलबारी ब्यारेजमा आउने गर्दछ यसको साथै भारतीय प्रजातिको पक्षीहरू पनि उक्त ब्यारेजमा आएर यहाँको शोभा बढाउँछ। यी सबै पक्षीहरू ठण्डाको मौसम समाप्त भएपछि पुनः आफ्नो देश फर्किने गर्दछ। अधिक ठण्डा हुनसाथ यहाँ प्रवासी पक्षीहरूको संख्या अझ बढ्नेछ।

About Author

Advertisement