शिक्षा मन्त्री बात्य बसुसंग अनित थापाकाे भेटघाट

IMG-20221221-WA0231.jpg

सबै सिस्टम ठीक ठाउँमा स्थापित हुनेछ: अनित थापा

दार्जिलिङ: जीटीए प्रमुख कार्यपाल अनित थापाले पश्निम बंगाल सरकारका शिक्षा मन्त्री बात्य बसु अनि उत्तर बङ्गाल विश्वविद्यालयका उप कूलपति ओम प्रकाश मिश्रसंग जीटीए क्षेत्रका शिक्षा क्षेत्रको मुद्दाहरुलाई लिएर एउटा बैठक बसेका छन्। प्रमुख कार्यपाल अफिसका विश्वास गुरुङले जानकारी दिँदै भने ” जीटीए प्रमुख कार्यपाल अनित थापाले राज्यका शिक्षा मन्त्री अनि उत्तर बङ्गाल विश्वविद्यालयका उप कूलपतिसँग एउटा सभा बसेको छ। सभामा जीटीएको शिक्षा सम्बन्धी चर्चा चल्यो। चर्चामा दार्जिलिङ हिल विश्वविद्यालयको मुद्दाहरू, जीटीएमा एसएससी स्थापना विषय पनि चर्चा भयो। पहाडको शिक्षालाई कसरी अगाडि बढाउनु पर्ने त्यो विषय बैठकमा चर्चा भयो।”

विश्वास गुरुङले बैठकको विमर्श विषय जानकारी दिँदै भने, ” जीटीए क्षेत्रमा टेट, एसएससी, भोलेन्टियर शिक्षकहरुको समस्या छ। यी समस्या विषय पनि अनित थापाले मन्त्री समक्ष राखे। मन्त्रीले सकारत्मक उत्तर दिनु भएको छ। यही समस्याहरु सुल्झाउन अनित थापा जनवरी महिनाको पहिलो सप्ताह कोलकाता भ्रमणमा जानु हुनेछ।”
पत्रकारहरुसितको संवादमा अनित थापाले भने, “दार्जिलिङ हिल विश्वविद्यालयमा अब रेगुलर क्लास हुनेछ। पाहाडमा शिक्षाको सिस्टम ठीक ठाउँमा जाँदैछ। सबै सिस्टम अब ठीक ठाउँमा आउनेछ।”

About Author

Advertisement