झापा: झापाको शिवसताक्षी १० को बाल निकुञ्ज माध्यमिक विद्यालयका शिक्षकले एक छात्रमाथि निर्मम कुटपिट गरेका छन्। कक्षा ६ मा अध्ययनरत छात्रा अन्जलि गुरुङलाई क्लास वर्क गर्न अटेर गरेको भन्दै नेपाली विषयका शिक्षक हेतिराज निरौलाले पाइपले पिटेका हुन्। छात्राको कम्मर माथिको भागमा ‘डढेँल्नु’ तीनवटा डाम ‘सुम्ला’ छन्। उनको विर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ।










