शानड्र्प तारगेलिङ शेर्पा बुद्धिष्ट गुम्बा सोनादामा टेलदा छेचु उत्सव मनाइने

IMG-20240706-WA0185

सोनादा: पद्म सम्भव बुद्धिष्ट लामा एसोसिएशनको आयोजनामा आगामी १४ देखि १७ जुलाईसम्म शानड्र्प तारगेलिङ शेर्पा बुद्धिष्ट गुम्बा सोनादामा टेलदा छेचु उत्सव मनाइने भएको छ। संस्थाका अध्यक्ष खेन्पो पासाङ दावा शेर्पाले दिएको जानकारी अनुसार हिमाली चन्द्र पत्र अनुसार छैटो महिनाको दशमीको दिनमा टेलदा छेचु मनाइन्छ। यो चन्द्रमासको दशौँ दिनमा आयोजना गरिने एउटा धार्मिक उत्सव हो। बौद्ध धर्मको यो महत्वपूर्ण उत्सव बौद्ध धर्मको बज्रयान परम्परासित सम्बन्धित छ। यस उत्सवलाई एउटा धार्मिक परम्पराको संकीर्ण परिभाषाभन्दा बाहिर लैजाने ध्येयले सम्पूर्ण भक्तजनलाई उत्सव अर्थात पुजामा उपस्थित भइदिने आह्वान गरिएको छ। भगवान बुद्धको उदारवादी लोकाचारलाई ध्यानमा राखेर यस उत्सव एवम्‌ पूजालाई सिमित परिधिमा नराखेर सामाजिक, धार्मिक, सिमाहरू पार गर्दै मानव जातिको शान्ति, समृद्धिको प्रार्थना गर्नको निम्ति आयोजना गरिएको छ। यो उत्सव एवम्‌ पूजामा पालरी गुम्बा कालेबुङका महामहिम सिङ्रडुप टुल्कु रिम्पोछेको उपस्थितिमा हुनेछ। आयोजक पद्मसम्भव बुद्धिष्ट लामा एसोसिएसनद्वारा सम्पूर्ण भक्तजनलाई उपस्थितिकको लागि आह्वान् गरिएको छ।

About Author

Advertisement