कालचिनी: सन् २०१९ को २३ अगस्तको दिन जम्मूको नौसेरा सेक्टरमा दुश्मनको गोली लागेर शहीद बनेका सेना नायक राजीब थापाको आज तेस्रो पूण्यतिथिको अवसरमा मेचपाड़ा ८ नम्बर स्थित शहीद राजीब थापा चौकको शहीद राजीब थापाको प्रतिमूर्तिमा परिवार सदस्यहरुले श्रद्धाञ्जली अर्पण गर्ने क्रममा सो स्थलमा मेचपाड़ा चियाबारीको सुपरिटेन्डेन्ट विपिन कुमार गुप्तालगायत सहप्रबन्धक एवं स्थानीय पञ्चायत सदस्य सरिफ लामा, ट्रेड यूनियन नेता प्रेम प्रधान, समाजसेवी कुमार थोकर साथै अन्यान्य गाउँले समाजसेवीहरुको उपस्थिति रहेको थियो।
यस अवसरमा मेचपाड़ा चियाबारीको सुपरिटेन्डेन्ट विपिन कुमार गुप्ताले शहीद नायक राजीब थापाको यस चौक अब पवित्र स्थल सरह भएको र यहाँ सेना र एसएसबी जवानहरुले आएर विभिन्न कार्यक्रमहरु सम्पन्न गर्दै आईरहेको र मेचपाड़ा चियाबारीको भूमिबाट दुई सेना जवान शहीद सञ्जय तिर्की र राजीब थापाले देशको लागि उच्च शहादत दिएकोले आज देशले नै मेचपाड़ालाई चिनेको जनाएका छन्।










