शहीद ब्रिजेश थापाको परिवारलाई भेट्न पुगे मेयर गौतम देव

meyar

सिलगढी: शहीद सैनिक बृजेश थापाको परिवारलाई भेट्न सिलगढी नगर निगमका मेयर गौतम देव शहीदको घर पुगे।शहीदका परिवारसित लामो कुराकानी भयो। भारतीय सेनामा कार्यरत सेना दार्जिलिङ निवासी‌ शहीद जवान बृजेश थापाले जम्मू कश्मीरको डोडामा आतंकवादी आक्रमणमा शहीद भएका छन्। यस घटनाका कारण पुरै दार्जिलिङ जिल्ला शोकको माहौल छ । शहीद जवान बृजेश थापाको जन्म लेबोङमा भयो। लेबोङमा आफ्नो पुर्खाको घर बाहेक,
सिलगढीमा पनि एउटा घर छ। आज विशेष विमानबाट उनको मृतदेहलाई सिलगढीको बागडोगरा एयरपोर्टमा ल्याएपछि भोलि दार्जिलिङस्थित आफ्नो पुर्खाको घर लेबोङ लगिनेछ।
जहाँ एक सैनिकको राजकीय सम्मानका साथ संस्कार पूरा गरिनेछ।

About Author

Advertisement